बाँकेमा जसपाले गठबन्धन नगर्ने
आइतबार, २० चैत २०७८, १८ : ४२
स्थानीय तहको चुनाव तालमेल गर्ने भनि बाँके जिल्लामा बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टीले छुट्टै निर्वाचनमा जाने धारणा राखेको छ ।
नेपाली काँग्रेस बाँके सभापति एवं गठबन्धन समितिको संयोजक नारायण प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा जसपाले गठबन्धन नगरी आफ्नो तरिकाले चुनावी मैदानमा जाने धारणा राखेको हो । अन्य दलभन्दा जसपा बलियो रहेको कारण जसपा छुट्टै चुनाव लड्ने जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राइले बताए ।
बाँके जिल्लामा अरु दलभन्दा जसपा बलियो छ, एक्ला एक्लै चुनाव लडेपनि चुनाव जित्ने अवस्था रहेको कारण यो निर्णयमा पुगेको अध्यक्ष राईले बताए । उनले यो कुराको जानकारी आफूले केन्द्रलाई पनि गराउने बताए ।
गठबन्धन निर्माणका लागि हालसम्म भएका गतिविधिको बारेमा केन्द्रलाई जानकारी गराउन पनि निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण