बाँकेमा जसपाले गठबन्धन नगर्ने
आइतबार, २० चैत २०७८, १८ : ४२

स्थानीय तहको चुनाव तालमेल गर्ने भनि बाँके जिल्लामा बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टीले छुट्टै निर्वाचनमा जाने धारणा राखेको छ ।
नेपाली काँग्रेस बाँके सभापति एवं गठबन्धन समितिको संयोजक नारायण प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा जसपाले गठबन्धन नगरी आफ्नो तरिकाले चुनावी मैदानमा जाने धारणा राखेको हो । अन्य दलभन्दा जसपा बलियो रहेको कारण जसपा छुट्टै चुनाव लड्ने जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राइले बताए ।
बाँके जिल्लामा अरु दलभन्दा जसपा बलियो छ, एक्ला एक्लै चुनाव लडेपनि चुनाव जित्ने अवस्था रहेको कारण यो निर्णयमा पुगेको अध्यक्ष राईले बताए । उनले यो कुराको जानकारी आफूले केन्द्रलाई पनि गराउने बताए ।
गठबन्धन निर्माणका लागि हालसम्म भएका गतिविधिको बारेमा केन्द्रलाई जानकारी गराउन पनि निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनवटा मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
आत्मनिर्भर बन्दै मुक्त कमैया महिला
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’