बलिउडकी साधना सरगमले गाइन् नेपाली गीत
बलिउडकी प्रसिद्ध गायिका साधना सरगमले एक नेपाली ‘शान्ति गीत’ गाएकी छन् । एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत छ ।
भाइचारा र विश्व बन्धुत्वको भावना जागृत गराउने अभिप्रायका गीत बनाएको संगीतकार श्रेष्ठले बताए ।
भारतको मुम्बईस्थित आर्यन रेकर्डस् स्टुडियोमा गीत रेकर्ड गरिएको हो । ‘मैले धेरै समयपछि बडो उत्साहका साथ फेरि नेपाली भाषाको गीत गाउने अवसर प्राप्त गरेँ, अन्य गीतहरुभन्दा यस शान्ति गीतको भाव फरक रहेको हुँदा यसप्रति मेरो झुकाव बढेको हो’ गायिका साधनाको शब्द सन्तोषले सुनाए, ‘मैले यस गीतको माध्यमबाट विश्वव्यापी रुपमा शान्ति र सद्भाव फैलँदै जाने आशा गरेकी छु ।’
विश्वभरका मानिसहरुबीच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको र छिट्टै गीतको भिडियो पनि सार्वजनिक गर्ने एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण