सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खानको भाग्यको फैसला अदालतको हातमा

सोमबार, २१ चैत २०७८, १४ : १४
सोमबार, २१ चैत २०७८

राजनीतिक उथलपुथलबीच पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानको भविष्यको फैसला गर्ने भएको छ । खानलाई हटाउन विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएपछि खानको पार्टीले सो प्रस्तावलाई रोक्दै संसद् नै विघटन गरेका थिए ।

अमेरिकाले नेतृत्वको गरेको षड्यन्त्र अन्तरगत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागेको खानको आरोप छ । यस आरोपलाई अमेरिकाले अस्वीकार गरेको छ । खानको कदमबाट आक्रोशित बनेका विपक्षी दलका नेताले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । अविश्वासको प्रस्ताव रोक्ने कदम गैरसंवैधानिक भएको उनीहरूको दाबी छ । सोमबारको अन्त्यसम्म अदालतले यसबारे निर्णय लिने बताइएको छ ।

पाकिस्तानको सेनाको सहयोगमा खान सत्तामा आएको विश्वास गरिँदै आएको छ । तर, पछिल्लो समय सो सम्बन्ध पनि बिग्रिएको विश्लेषकहरूको भनाइ छ ।  आइतबार अविश्वासको प्रस्तावमा हुने मतदानमा खानले हार्ने अपेक्षा गरिएको थियो । तर, उनी निकट रहेका उपसभामुखले अविश्वासको प्रस्ताव गैरसंवैधानिक भन्दै खारेज गरिदिएका थिए । लगत्तै उनले संसद् विघटनको प्रस्ताव गर्दै चुनाव गर्ने घोषणा गरेका थिए । उनको प्रस्तावलाई उनकै पार्टी निकट राष्ट्रपतिले स्वीकृत गरेका थिए ।-बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप