इमरान खानको भाग्यको फैसला अदालतको हातमा
राजनीतिक उथलपुथलबीच पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानको भविष्यको फैसला गर्ने भएको छ । खानलाई हटाउन विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएपछि खानको पार्टीले सो प्रस्तावलाई रोक्दै संसद् नै विघटन गरेका थिए ।
अमेरिकाले नेतृत्वको गरेको षड्यन्त्र अन्तरगत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागेको खानको आरोप छ । यस आरोपलाई अमेरिकाले अस्वीकार गरेको छ । खानको कदमबाट आक्रोशित बनेका विपक्षी दलका नेताले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । अविश्वासको प्रस्ताव रोक्ने कदम गैरसंवैधानिक भएको उनीहरूको दाबी छ । सोमबारको अन्त्यसम्म अदालतले यसबारे निर्णय लिने बताइएको छ ।
पाकिस्तानको सेनाको सहयोगमा खान सत्तामा आएको विश्वास गरिँदै आएको छ । तर, पछिल्लो समय सो सम्बन्ध पनि बिग्रिएको विश्लेषकहरूको भनाइ छ । आइतबार अविश्वासको प्रस्तावमा हुने मतदानमा खानले हार्ने अपेक्षा गरिएको थियो । तर, उनी निकट रहेका उपसभामुखले अविश्वासको प्रस्ताव गैरसंवैधानिक भन्दै खारेज गरिदिएका थिए । लगत्तै उनले संसद् विघटनको प्रस्ताव गर्दै चुनाव गर्ने घोषणा गरेका थिए । उनको प्रस्तावलाई उनकै पार्टी निकट राष्ट्रपतिले स्वीकृत गरेका थिए ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण