विवाह गरेपनि यो क्षेत्र छोड्दिन – केकी

फिल्म क्षेत्रमा अविवाहित अभिनेत्री केही छन् । ति मध्यकी एक हुन् केकी अधिकारी । अभिनय र नृत्यमा पोख्त अधिकारी बौद्धिक कलाकारको सुचिमा समेत पर्दछिन् ।
फिल्म होस् वा म्युजिक भिडियो दुबैमा बारम्बार देखिदै आएकी उनी करिब एक दशकदेखि अभिनयको अविराम यात्रामा छिन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ बाट निर्माता समेत बनेकी उनी चर्चित रियालटी शो ‘कमेडी च्याम्पियन’ की निर्माता पनि हुन् । उनले निर्माण गरेको पछिल्लो फिल्म ‘बोक्सीको घर’ जुन प्रदर्शनको पर्खाइमा छ ।
अविवाहित अभिनेत्रीलाई प्राय पछ्याउने एउटै प्रश्न छ । विवाह कहिले गर्ने ? । अभिनेत्री केसीलाई पनि सधै यो प्रश्नले पछ्याउने गरेको छ । आइतबार एक कार्यक्रममा पनि उनले यो प्रश्नको सामना गर्नुपर्यो । जवाफमा उनले बिहे गरेपनि म इन्डस्ट्री नछाड्ने बताइन् । ‘मेरो कामलाई जो ब्यक्तिले बुझ्नुहुन्छ । मलाई रेस्पेक्ट गर्नुहुन्छ । म त्यही व्यक्तिसँग जीवन विताउँछु’ जीवनसाथीको बिषयमा उनले भनिन् । जीवनसाथी बन्ने ब्यक्ति अहिलेसम्म आफ्नो जीवनमा नआएको उनको भनाई रहेको थियो ।
‘झिँगेदाउ’, ‘परदेशी २’, ‘हिजो आजका कुरा’ केकी अभिनित प्रदर्शनमा आउन बाँकी फिल्म हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयलाई राष्ट्रियकरण होइन, गैरनाफामूलक बनाउनुपर्छ : सुमना श्रेष्ठ
-
प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित
-
एनआरएनए कतारको अन्तिम परिषद् भेला प्रभावित
-
‘गृहमन्त्री’ बारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक
-
ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ
-
म्याग्नेसाइटको खानीबाट फिल्म नगरीसम्म : ३३ सय मिटर उचाइमा फिल्म सिटी ! (तस्बिरहरू)