चलचित्र ‘के घर के डेरा’को निर्देशकमा दिपेन्द्र के खनाल
दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्र ‘के घर के डेरा’को निर्देशक फेरबदल भएको छ । मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रको निर्देशक दिपेन्द्र के खनालले गर्ने जनाइएको हो । यसअघि चलचित्रको निर्देशकमा सुव्रतराज आचार्य थिए ।
उनले विभिन्न कारण देखाई निर्देशक भएर काम गर्न नसक्ने भने पछि निर्देशकको जिम्मा खनाललाई दिएको निर्माण पक्षले बताएको छ । चलचित्रलाई खनालले निर्देशन गर्ने भएपछि कथा पटकथा दुबैमा परिवर्तन हुने भएको छ । काठमाडौंमा मात्र छायांकन हुने चलचित्रले काठमाडौंमा घर हुने र नहुनेको कथालाई देखाउने छ । कार्यक्रममा निर्देशक खनालले चलचित्रलाई राम्रो बनाउन आफूले सकेको प्रयास गर्ने बताए ।
ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । पैँतीस वर्ष अगाडि प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’को नाम सापटी लिएर चलचित्र बन्न लागेको हो । चलचित्रमा मुख्य कलाकारहरु भने यथावत छन् । ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण