शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनभीएलाई बाणिज्य बैंकको निरन्तरता

मङ्गलबार, २२ चैत २०७८, २१ : ५४
मङ्गलबार, २२ चैत २०७८

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपका लागि राष्ट्रिय बाणिज्य बैकले निरन्तरता प्रदान गरेको छ । नेपाल भलिबल संघद्वारा आयोजनामा हुने प्रतियोगिताको सम्झौतामा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र बाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।
 

छैटौं पटक पनि मुख्य प्रायोजकको रुपमा बाणिज्य बैकले निरन्तरता प्रदान गरेको हो । नेपाल भलिबल संघसँग लिगका लागि १० लाख बाट सुरु भएको प्रायोजन सम्वन्धि सम्झौता १२ लाख हुँदै १८ लाख सम्म आइपुगेको छ । २०७९ बैशाख १८ देखि २४ गते सम्म संचालन हुने छैटौं आर.बी.बी–एन.भी.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग २०७८ मा ७ पुरुष र ५ महिला टिमले सहभागिता जनाउने छन् । 

जसमा पुरुष तर्फ तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, गलकोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन् । यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड क्लब र बुटवलको एभरेष्ट भलिबल एकेडेमी रहेका छन् । 

प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइने र अन्तिम दुईमा रहेका टिम बिच उपाधिका लागि प्रतिस्पर्धा गराइने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए । प्रतियोगिताको प्रथम हुने टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, चौथो हुनेले १ लाख ५० हजार प्राप्त गर्दा सान्त्वना पुरस्कार ७५ हजार रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप