‘मिल्ने साथी’कै योजनामा १० कक्षामा पढ्ने कविताको हत्या
उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा पढ्ने कविता सुनुवार र १६ वर्षीया सीता (नाम परिवर्तन) मिल्ने साथी हुन् । मंगलबार विहान ट्युसन पढ्न सँगै गएकी कवितालाई सीताले योजनाबद्ध रुपमा हत्या गरेको आरोप लागेको छ ।
बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कवितालाई सीता र उनको ठुलो बुवाको छोरा बिनोद ढकाल मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्कुलबाट कविताको घर ३ किलोमिटर पर छ । सीताको घर करिब साढे ४ किलोमिटर पर पर्छ ।
धेरै दिनपछि मंगलबार एसइईको तयारी कक्षा लिन गएकी सीताले १९ वर्षका दाई बिनोदलाई पनि सँगै लगिन् । सोही क्रममा बाटोमा कविता भेटिइन् । स्कुलतिर जाँदै गर्दा बाटोमा फालिएको फोहोरका थुप्रोबाट बिनोदले बियरको खाली बोत्तल टिपे । सो कुरा कविताले थाहै पाइनन् । अचानक सो अभियुत्तले मिलेमतोमा हानेको बियरको बोत्तल टाउकोमा बज्रिएपछि कविता ढलिन् ।
बियरको बोत्तलले हिर्काएर हत्या गरेपछि करिब ४० मिटरजत्ति घिसारेर स्थानीय यसोदा खोला छेउमा शव फालेर आरोपीहरु भागेको खुलेको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
कविता र सीता एउटै कक्षामा पढ्ने र आपसमा मिल्ने साथी थिए । मिल्ने साथी भएपनि आफूलाई व्यवहारमा ‘डोमिनेट’ गरेको र आफ्नो कुरा सवैतिर भन्ने गरेको आरोप लगाएर सीताले मृतकसँग ‘इगो’ साँधेको पाइएको छ ।
हत्या गर्ने योजना रहेको हुनाले बाटोमा सीताले कवितासँग कुनै विवाद नगरेको पाइएको बताउँछन् एसपी बोहरा । उनले भने, ‘आरोपी सीतालाई घरबाट र विनोद ढकाललाई घटनास्थल नजिकैबाट पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’
मृतकको शरीरको पछाडिको भागमा चोट देखिएको छ । उदयपुर प्रहरीले संघीय प्रहरी इकाई कार्यालय धरानबाट आएको प्राविधिकहरुको सहयोगमा अनुसन्धान गरिरहेको छ । आरोपी विनोद ढकाल भारतमा केही समय बसेर गाउँ फर्केपछि ८ कक्षामा भर्ना भएका थिए । मृतक र बिनोद पढ्ने स्कुल फरक छ ।
स्थानीयले बिहान ७ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यापछि सीता ट्युसन पढ्न नगएर घरतिर गएकी थिइन् । मृतकको शव घिसारेर व्यवस्थापन गर्दा चोट लागेको हुनाले आरोपी विनोद मेडिकलमा गएर घुँडामा व्याण्डेज गरेर फर्किएको फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।
कृष्ण बहादुर सुनुवारकी कान्छी छोरी हुन् कविता । उनको दिदीको विवाह भैसकेको छ । भाइ सानो छ । छोरीको हत्या आरोपमा बाबु कृष्ण बहादुरले साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरमा आरोपीहरु बिरुद्ध किटानी जाहेरी दिएका छन् । अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने एसपी बोहराले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
