२४ घण्टामै माओवादीमा फर्किएका डल्लाकोटीले भेटे प्रचण्ड
एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै पुनः माओवादी केन्द्रमै फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि)ले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रचण्ड निवास खुमलटारमा पुगेर डल्लाकोटीले प्रचण्डलाई भेटेका हुन् । बुधबार भएको भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको बताएका छन् ।
‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्’, डल्लाकोटीको भनाइ उदृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु ।र, म २ दिनमै घर फर्केको छु ।’
डल्लाकोटीको भनाइ सुनेपछि प्रचण्डले अब काममा फर्किन निर्देशन दिएका थिए । ‘अध्यक्ष कमरेड प्रचण्डले गल्ती गरेँ भनिसक्नु भो। अब काममा फर्कनुस् भन्नुभयो’, मल्लले भेटपछि भने । सोमबार माओवादीबाट निर्वाचित डल्लाकोटी धादिङ एमालेका नेताहरुको साथ लागेर पार्टी प्रवेशका लागि बालकोट पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
-
इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न
-
सुकुमबासी बनेर पोखरा बसपार्कमा बस्दै आएका २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण