अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउँछ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने बताएका छन्। भरतपुर महानगरपालिका अन्तर्गत वडा २ को आँपटारी आयोजित भूमिहीन दलितलाई जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा प्रचण्डले दलित सुकुम्बासी मात्रै नभएर सुकुम्बासी समस्या समाधान हुने दाबी गरे।
दलितहरुले लालपूर्जा प्राप्त गरेको ऐतिहासिक दिन भएको बताउँदै प्रचण्डले त्यसको सुरुवात भरतपुरबाट भएको बताए। सूचना प्रविधिको प्रयोग गरेर सेटेलाईटबाट नक्साङ्कन गरेर लालपूर्जा वितरणको काम भएको भन्दै प्रचण्डले खुसी व्यक्त गरे।
‘लालपूर्जा वितरण सुरुवात पहिलो पटक भरतपुर महानगरपालिकाबाट भएको छ । त्यसमा खुसी र गर्वको दिन हो । अब छिट्टै देशैभर लालपूर्जा वितरणको कामले तिब्रता पाउनेछ। यो देशभरी फैलिने छ’ प्रचण्डले भने, ‘भूमि समस्या जे जस्तो देखिएको छ। त्यो गठबन्धन सरकारले दलितको मात्रै नभएर सुकुम्बासी समस्या समाधन भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण