इन्टर कलेज क्रिकेट शनिबारबाट
ललितपुर प्याट्रियट्सले आयोजना गर्ने इन्टर कलेज क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ । आयोजक ललितपुर प्याट्रियटस्ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता अप्रिल ९ बाट १६ सम्म हुने जनाएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा एफेक्स कलेज, ब्लूबर्ड कलेज, मोरङ इन्टरनेशनल कलेज र जोल्डेन गेट कलेज रहेका छन् । त्यस्तै समूह ‘बी’मा हिमालयन ह्वाइट हाउस कलेज, टेक्सस इन्टरनेश्नल कलेज, एड्भान्स कलेज र ओमेघा कलेज रहेका छन् ।
दुबै समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेता टोलीले एक लाख नगद प्राप्त गर्नेछ । त्यस्तै उप–विजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार पाउँदा वेस्ट बलर र वेस्ट ब्याट्सम्यानले १५ हजार पाउनेछ । हरेक खेलको ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले दुई हजार पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण