बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टर कलेज क्रिकेट शनिबारबाट

बिहीबार, २४ चैत २०७८, १३ : ३८
बिहीबार, २४ चैत २०७८

ललितपुर प्याट्रियट्सले आयोजना गर्ने इन्टर कलेज क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ । आयोजक ललितपुर  प्याट्रियटस्ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता अप्रिल ९ बाट १६ सम्म हुने जनाएको छ । लिग कप नकआउटको आधारमा हुने प्रतियोगितामा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा एफेक्स कलेज, ब्लूबर्ड कलेज, मोरङ इन्टरनेशनल कलेज र जोल्डेन गेट कलेज रहेका छन् । त्यस्तै समूह ‘बी’मा हिमालयन ह्वाइट हाउस कलेज, टेक्सस इन्टरनेश्नल कलेज, एड्भान्स कलेज र ओमेघा कलेज रहेका छन् ।

दुबै समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेता टोलीले एक लाख नगद प्राप्त गर्नेछ । त्यस्तै उप–विजेताले ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार पाउँदा वेस्ट बलर र वेस्ट ब्याट्सम्यानले १५ हजार पाउनेछ । हरेक खेलको ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले दुई हजार पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप