सत्तारुढ दलको साझा व्यक्तिको रुपमा गोविन्द बन्दीलाई बनाइयो मन्त्री
सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा गोविन्द बन्दीलाई समावेश गरिएको समाजवादी पार्टीका महासचिवले बताएका छन् । नेकपा(एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको बताए ।
महासचिव भुसालले यसअघि सरकार बन्दाताका नै मन्त्रिपरिषद्मा कानून व्यवसायीको प्रतिनिधित्व हुनुपर्ने चर्चा चलेको उल्लेख गरे । उनले मन्त्री बन्दीलाई एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउने प्रस्ताव आउँदा आफूहरुले पार्टीको कोटाबाट नभई साझा व्यक्तिको रुपमा लान आग्रह गरिएको बताए । महासचिव भुसालले गैर सांसदलाई ६ महिनाको लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेकाले बन्दी मन्त्री भएको विषयमा विवाद गर्नु आवश्यक नरहेको पनि बताए ।
उनले भने, ‘उहाँलाई साझा व्यक्तित्वको रुपमा मन्त्रिमण्डलमा लैजाऔँ भन्ने कुरा पहिले पनि भएको थियो । खासगरी कन कानून व्यवसायी मध्येबाट प्रतिनिधित्व हुनुपर्छ भन्ने चर्चा जतिबेला प्रधानमन्त्री शेरबहादुर देउवाजीले मन्त्रिमण्डल विस्तार गर्नुभयो त्यतिबेलै देखि थियो । विभिन्न कानून व्यवसायी साथीहरूबाट पनि, कानूनी क्षेत्रका विभिन्न नेता साथीहरूका नाम पनि आएका थिए । त्यसमध्ये एउटा गोविन्द बन्दीजीको पनि थियो । र हामीले त्यतिबेला चाहिँ पार्टीको कोटाबाट गोविन्दजीलाई राख्ने भन्ने ढंगले कुरा आएपछि हामीले उहाँलाई पार्टीको कोटाबाट होइन, साझा बनाएर लानुपर्छ भन्ने कुरा नै गरेका थियौँ ।’
उनले अगाडि भने, ‘ बीचमा पनि उहाँलाई चाहिँ त्यो साझा बनाएर लाने भनेको अहिलेसम्म भएन किन भन्ने कुराहरु हुँदै नै आएका थिए । त्यसै सन्दर्भमा अहिले त्यो विषय अगाडि बढेको हो । गैर सांसदलाई ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था छ । संविधानले दिने विषय भएको हुनाले अथवा संविधान अनुसार गर्न मिल्ने भएको हुनाले त्यसमा विवाद गर्नुपर्ने त कुनै विषय नै छैन नि ।’
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) ले बिहीवार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
