शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२ आयोजना हुने

बिहीबार, २४ चैत २०७८, १५ : ५२
बिहीबार, २४ चैत २०७८

‘ट्रेजमी मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’ आयोजना हुने भएका छ । आयोजक काजी प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला गरेको हो । प्रतियोगिताको छनौट चरणको अडिसन ३ वैशाखमा आयोजना हुँदैछ ।  ठमेलस्थित टोटोज पवमा हुने अडिसनमा १६ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवतीहरूले आवेदन दिएर भाग लिन सक्ने आयोजकले जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुशान्तकाजी श्रेष्ठले उपत्यका लगायत मोफसलका विभिन्न स्थानबाट व्यावसायिक मोडल बन्ने लक्ष्य लिएका युवतीहरू प्रतियोगितामा सहभागी हुन सक्ने बताए । ‘फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवतीहरूको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको अवसरसँगै उनीहरूको आन्तरिक क्षमता विकास गर्ने हाम्रो उद्देश्य हो’ श्रेष्ठले भने ।

प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२२’कोे ताजसहित अन्तर्राष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसँगै विभिन्न उपहार पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप