के ‘ए मेरो हजुर ४’ बाट हट्छन् त दुर्गेश ?
पल शाह प्रकरणमा विवादित गायक तथा मोडल दुर्गेश थापालाई केही महोत्सवबाट समेत हटाइएको थियो । अहिले उनी फिल्म ‘ए मेरो हजुर ४’बाट पनि हट्ने चर्चा चलेको छ । दुर्गेशको कारण फिल्म विवादमा नपरोस् भनेर निर्माण युनिटले हटाउन लागेको बताइन्छ ।
फिल्ममा दुर्गेशको मुख्य अभिनेत्री सुहाना थापा पात्रले गायक दुर्गेशलाई भेटेको एक दृश्य रहेको थियो । उक्त दृश्य हटाउँदा पनि फिल्मलाई केही फरक नपर्ने निर्माण युनिटले जनाएको छ ।
‘निर्माता सुनिल कुमार थापाले भने दुर्गेश हट्ने नहट्ने अहिले निर्णय नभएको बताए । ‘दुर्गेशको फिल्ममा सानो भुमिका हो । उनी भएपनि नभएपनि केही फरक पर्दैन’ थापाले भने ‘ पिःल्मको लागि हिजो एक र्याप गीत राख्ने भएपछि दुर्गेश हटाइएको हल्ला भएको छ ।’ दुर्गेशको बिषयमा केही दिनमा निर्णय हुने निर्माता थापाको भनाई रहेको छ ।
१ वैशाखबाट प्रदर्शनमा आउँने फिल्ममा सुहानाको अलवा अनमोल केसीको मुख्य भुमिका रहेको छ । अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म उनकै श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण