नीति तथा कार्यक्रम पुस्तिकाको छपाइमा आर्थिक अनियमितताको आशंका
शुक्रबार, २५ चैत २०७८, १३ : ४३
दैलेख नारायण नगरपालिकाको आर्थिक वर्ष ०७८–०७९ को वार्षिक नीति तथा बजेट कार्यक्रम पुस्तिकाको छपाईमा आर्थिक अनियमितताको आशंका गरिएको छ । एउटै किताब छपाईको मूल्य एक हजार तीन सय ४५ रुपैयाँ राखिएपछि अनियमितताको आशंका गरिएको हो ।
नगरपालिकाले मागेको कोटेशनमा सबैभन्दा कम मूल्य प्रतिकिताब एक हजार तीनसय ४५ रुपैयाँ कवोल भएको भन्दै एक छापाखानालाई दुई सय ३० वटा किताब छाप्न दिएको छ ।
किताब छाप्नका लागि प्रतिकिताब एक हजार तीन सय ४५ का दरले तीन लाख नौ हजार तीन सय पचास रुपैयाँ भुक्तानी गरेको पाइएको हो ।
यो विषयमा परेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा विचाराधीन अवस्थामा छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेश अवज्ञा गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यविरुद्ध अवहेलना मुद्दा दर्ता
-
जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी
-
अमेरिका–इरान तनाव चर्किँदा एक महिनाकै उच्च स्तरमा उक्लियो कच्चा तेलको भाउ
-
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
-
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण