‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन
शनिबार, २६ चैत २०७८, १८ : ३०
‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगितासहितको महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।
महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरे । उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा हाम्रो इतिहास, हाँसो, आँशु, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले लोकगीत जीवनको वास्तविक अभिव्यक्ति भएको बताए ।
उनले विभिन्न जातजाति, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताए । कुनैबेला गाउँका मेला–पात, वनजंगल, रोधी, विवाह लगायतमा गुञ्जने लोकदोहोरी आज सहर हुँदै अन्तराष्ट्रियकरण भैरहेको उपराष्ट्रपति पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण