सुस्मिता बनिन् ब्युटिसियन ट्यालेन्ट नेपाल
‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि ललितपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन् । काठमाडौं आयोजित २० प्रतियोगी सहभागी प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले मोष्ट ट्यालेन्टसँगै शीर्ष उपाधि जितेकी हुन् ।
प्रतियोगितामा बेष्ट नेलआर्ट र बेष्ट फिगरसँगै फस्ट रनरअपको उपाधि गीत कुमारी आलेमगरले, बेस्ट हेयरसँगै सेकेन्ड रनर अपको उपाधि अस्ली केसीले हासिल गरे । उनीहरुले क्राउन, ट्रफीसँगै काठमाडौं पोखरा कुस्माको तीन दिनको टुर र विभिन्न उपहार समेत हात पारेका छन् ।
रोज सिप विकास तालिम केन्द्र र विलक्षण क्रियसन प्रालिद्धारा आयोजित प्रतियोगिता जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न भएको थियो । अभिनेता यसराज गराच, डा.सरोज लामिछाने, मेकअप आर्टिस्ट तथा नेपाल चलचित्र प्राविधिक संघकी कोषाध्यक्ष गीता पौडेल, ब्युटिसिसियन तथा मोडल शिलास्मा हमाल, फेसन डिजाइनर गोमा अधिकारी धिताल र मोडल पिँकी जोशी निर्णायक रहेको प्रतियोगितामा थिए ।
कार्यक्रममा गायक अलिप खान, गायिका सरिता भारतीले गीत तथा सुनिता दहित, भावना श्रेष्ठ लगायतले नृत्य प्रस्तुत गरेका थिए । ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासको लागि चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष सोनीका रञ्जितले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण