विदेशी फिल्मलाई कडाइ गर्न माग गर्दै फिल्मकर्मीले बुझाए ज्ञापनपत्र
विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्नुपर्ने माग गर्दै फिल्मकर्मीले चलचित्र विकास बोर्डमा एक–एक ज्ञापनपत्र बुझाएका छन् । आइतबार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर चलचित्रकर्मीको एक टोलीले ९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
बोर्डमा ज्ञापनपत्र बुझाएको विषयमा निर्देशक शोभित बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । ‘छिमेकीको घरमा आगो लाग्दा रमिता हेर्ने हामी । आफ्नै घरमा आगो लाग्दा पनि हेरिनै रहने हो त ?’ उनले अगाडि भनेका छन्, ‘आज नेपाल चलचित्र विकास बोर्डमा हामी चलचित्रकर्मीले चलचित्र सम्बन्धि अति आवश्यक मागहरुसहित ज्ञापन पत्र बुझाएका छौ ।’
ज्ञापनपत्रका फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन, चलचित्र विकास बोर्डलाई स्वायत्त, राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन, विदेशी फिल्मलाई नेपालमा प्रदर्शन कडाई लगायत माग रहेका छन् । कलाकर्मीको टोलीमा निर्देशक शोभित बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायत रहेका थिए । सोही अवसरमा विदेशी फिल्मले नेपाली फिल्मलाई विस्थापित गर्न लाग्यो भन्दै विदेशी फिल्म प्रदर्शनमा कडाई गर्न बोर्ड अध्यक्षलाई अनुरोध समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण