जापान जान लागेकी युवती गोलीसहित विमानस्थलबाट पक्राउ
सोमबार, २८ चैत २०७८, १४ : ०५
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवतीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको छ । सोमबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा तनहुँ स्थायी घर भएकी २७ वर्षीया सोबिता नेपाली छन् ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स–रे ‘ए’ मा चेकजाँचको क्रममा उनले बोकेको घ्यु रङको हाते ब्यागभित्र KF 13 5.56 लेखिएको एक राउण्ड गोली फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धानका लागि पक्राउ परेकी युवतीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण