इमरान खानको पार्टीले देशव्यापी प्रदर्शन गर्ने
सोमबार, २८ चैत २०७८, १४ : ५१
संसदमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गरेको र पाकिस्तान मुस्लिम लिग–एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ती पक्रिया सुरु गरेको विरोधमा पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीले देशव्यापी विरोध गरेको गर्ने निर्णय गरेको छ ।
‘हामीले बुधबारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पीटीआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भने । निवर्तमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उनले जानकारी दिए ।
अविश्वासको प्रस्ताव मार्फत इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पीटीआईका समर्थकहरुले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण