बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश : गठबन्धनको बैठक मंगलबार बस्दै

सोमबार, २८ चैत २०७८, १७ : २३
सोमबार, २८ चैत २०७८

मधेश प्रदेशमा गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ । एक साता अघि बसेको गठबन्धनको बैठकले आ–अफ्ना दलको अवस्थाबारे रिपोर्टिङ गर्ने गरी २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

बैठकबाट २२ गतेसम्ममा पालिका–जिल्ला कमिटीसँग आ–आफ्नो संगठनको अवस्थाबारे बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित भएको थियो । तर गठबन्धन दलको बैठक जिल्लादेखि स्थानीय स्तरसम्म पनि हुन सकेको छैन । मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका जिल्लामा गठबन्धनका लागि बैठक भएपनि पर्सा, बारा, रौतहटलगायतका जिल्लामा भने हुन सकेको छैन ।  

नेपाली काँग्रेस मधेश प्रदेशका उपाध्यक्ष वीरेन्द्रकुमार सिंहले गठबन्धनको बैठक मंगलबार विहान ८ बजेदेखि महोत्तरीको बर्दिबासमा बस्ने जानकारी दिए । उनले गठबन्धनका लागि काँग्रेस सकारात्मक रहेको भन्दै अधिकांश पालिका तथा जिल्लास्तरमा पनि गठबन्धनका लागि गृहकार्यहरू भइरहेको प्रतिक्रिया दिए । मधेश प्रदेशमा काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धन छ । मधेश प्रदेशका ८ जिल्लामा १३६ वटा पालिका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप