मधेश प्रदेश : गठबन्धनको बैठक मंगलबार बस्दै
मधेश प्रदेशमा गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ । एक साता अघि बसेको गठबन्धनको बैठकले आ–अफ्ना दलको अवस्थाबारे रिपोर्टिङ गर्ने गरी २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकबाट २२ गतेसम्ममा पालिका–जिल्ला कमिटीसँग आ–आफ्नो संगठनको अवस्थाबारे बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित भएको थियो । तर गठबन्धन दलको बैठक जिल्लादेखि स्थानीय स्तरसम्म पनि हुन सकेको छैन । मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका जिल्लामा गठबन्धनका लागि बैठक भएपनि पर्सा, बारा, रौतहटलगायतका जिल्लामा भने हुन सकेको छैन ।
नेपाली काँग्रेस मधेश प्रदेशका उपाध्यक्ष वीरेन्द्रकुमार सिंहले गठबन्धनको बैठक मंगलबार विहान ८ बजेदेखि महोत्तरीको बर्दिबासमा बस्ने जानकारी दिए । उनले गठबन्धनका लागि काँग्रेस सकारात्मक रहेको भन्दै अधिकांश पालिका तथा जिल्लास्तरमा पनि गठबन्धनका लागि गृहकार्यहरू भइरहेको प्रतिक्रिया दिए । मधेश प्रदेशमा काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धन छ । मधेश प्रदेशका ८ जिल्लामा १३६ वटा पालिका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण