अर्थमन्त्री शर्माले पुनः दोहोर्याए, ‘विलासी गाडीको आयात रोकिन्छ’
सोमबार, २८ चैत २०७८, १७ : ५६
अर्थमन्त्री जनार्दन शर्माले पुनः विलासी गाडीहरूको आयात रोकिने भनाइ दोहोर्याएका छन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मुलुकको वर्तमान आर्थिक अवस्था र सुधारका लागि लिइने रणनीतिबारे जानकारी दिँदै अर्थमन्त्रीले महँगा गाडीसँगै अन्य विलासिताका वस्तुहरुको आयात रोकिने जनाए ।
यस्तो आयात नियन्त्रण गर्न बैंकहरुद्धारा जारी गरिने एलसी केही समयका लागि बन्द गरिने उनले बताए । गत हप्ता नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सर्कुलर नै जारी गर्दै अत्यावश्यक बाहेकका गाडी लगायत अन्य विलासिताका वस्तुहरुको आयात नियन्त्रण गर्ने गरी एलसी जारी नगर्न बैंकहरुलाई निर्देशन दिएको थियो ।
जुन आइतबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले समेत एक हप्ता अत्यावश्यक बाहेकका सबै प्रकारका विलासी वस्तुहरुको आयातमा एलसी बन्द गरिने जनाएका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
