एमाले सिद्धार्थ नगरले मेयरमा ८ जनाको नाम पठायो
नेकपा एमले रूपन्देहीको सिद्धार्थनगर नगर कमिटीले आगामी निर्वाचनमा त्यस पालिकाकामा मेयर पदको उमेदवारका लागि आठ जनाको नाम सिफारिस गरि केन्द्रमा पठाएको छ । त्यस नगर कमिटी सचिव नारायण प्रसाद भण्डारीले उक्त जानकारी सञ्चार माध्यमलाई दिएका हुन् ।
उनका अनुसार पार्टी नेताहरु भरत कुमार पोखरेल, नारायण प्रसाद भण्डारी, हितराज पन्थी, डाक्ट रामप्रसाद बस्याल, राजेन्द्र प्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुन कुमार गिरी र हालका मेयर हरि प्रसाद अधिकारीको नाम सिफारिस गरि पठाईएको छ ।
एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार थिए । भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष भण्डारी सिद्धार्थ नगरको समाज सेवामा सक्रिय व्यक्ति हुन् । उनी उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष समेत हुन् । उद्योगी व्यवसायी माझ भण्डारी लोकप्रिय पात्र मानिन्छन् ।
एमाले रुपन्देहीका जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हुन् पाण्डे । डाक्टर बस्याल यसअघिको निर्वाचनमा पनि मेयरको उम्मेदवार बन्ने चर्चा भए पनि वर्तमान मेयर अधिकारी उम्मेदवार बनेका थिए । पन्थी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । अर्याल एमाले रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य हुन् । उनी साविक नेकपा सिद्धार्थनगरको सचिवको जिम्मेवारीमा थिए । गिरी सो पार्टीका सिद्धार्थनगरका उपाध्यक्ष हुन् । अधिकारी हालका नगरप्रमुख तथा एमाले जिल्ला सचिवालय सदस्य हुन् ।
उपमेयरमा भने तिनै जना महिला क्रमशः उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण