माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बीच एकजुट हुन आग्रह गरे ।
प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए । पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको उनको भनाइ थियो ।
अध्यक्ष दाहालले अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीको रिहाइका लागि आफूले पहल गर्ने बताए । सो अवसरमा नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराईले जनयुद्धकै उपलब्धि खोस्न नदिन सचेत बन्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू
-
आन्दोलनको ४ दिनमा सरकार–राजावादीबिच तनाव बढ्यो
-
धनगढीमा अत्यधिक विषादीयुक्त २ हजार बढी किलोग्राम आँप नष्ट
-
राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र दिपक सिंहलाई रिहा गरिँदै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक