राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।” अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उनले बताए । कुनै समय शय्या भरिभराउ हुन्थे । शय्या पाउन हानथाप नै हुन्थ्यो तर अहिले शून्य छ ।
कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उनको भनाइ छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो । असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो ।
अस्पताल ६० शय्याकोे छ । यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ । “ कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ”, उनले भने, “नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण