बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले जिम्बाब्बे ‘ए’ सँग खेल्ने

शुक्रबार, ०२ वैशाख २०७९, १५ : ५७
शुक्रबार, ०२ वैशाख २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबे​ ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी-२० शृंखला खेल्ने भएको छ । घरेलु मैदान टियु क्रिकेट रंगशालामा हुने शृंखला ३० अप्रिलदेखि ९ मेसम्म चल्नेछ ।

नेपालले जिम्बाबे ‘ए’ सँग सुरुमा एकदिवसीय शृंखला खेल्नेछ । जुन ३० अप्रिलदेखि ४ मे सम्म चल्नेछ । खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यस्तै, टी-२० शृंखला ६ देखि ९ मेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

यसअघि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको एकदिवसीय र पिएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय टी-२० शृंखला खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप