बैतडीमा पानीको हाहाकार
बैतडी सदरमुकाममा खानेपानीको हाहाकार भएको छ । दुई हप्तायता यहाँका धाराहरुमा खानेपानी आउने छाडेपछि व्यापारी तथा स्थानीयबासी मारमा परेका छन् । सदरमुकामस्थित बृहत खानेपानी आयोजनामा समस्या आएपछि खानेपानीको हाहाकार भएको गोठलापानीका स्थानीय व्यापारी खिमानन्द भट्टले बताए ।
उनले भने, ‘पहिला मासिक तीन सय रुपैयाँ तिरेपछि एक महिना पानी खान पाइन्थ्यो । अहिले ट्यांकरमा पानी ल्याउनुपर्दा मासिक चार हजार खर्च हुँदै छ । १८ करोड रकम खर्च गरेर बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । उक्त आयोजनाको पानी खान नपाए पनि शुल्क भने हरेक महिना तिर्नुपर्छ । पानी सुचारु गर्ने विषयमा सरोकारवाला मौन छन् ।
धारामा खानेपानी आउन छाडेपछि दैनिक ट्यांकरबाट पानी मगाउनु परेको अर्का व्यापारी यज्ञराज बोकटीले बताए । उनले भने, ‘निर्वाचन नजिक आएकाले बजारमा मानिसको भीड बढेको छ । राजनीतिक दलका नेता, कार्यकर्तादेखि म्यादी प्रहरी तथा कृषि गणनाका प्रशिक्षार्थीहरू आएकाले बजारमा भीडभाड बढेको छ । पानीको अभावपुर्ति गर्न निकै समस्या छ ।’
सदरमुकाममा पानीको समस्या हुँदा सार्वजनिक शौचालयसमेत बन्द रहेकाले बजारमै खुला दिसा पिसाव गर्ने गरेको स्थानीय सुरेश बहादुर चन्दले बताए ।
नगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द भट्टले भने, ‘हामी खानेपानी बनाउन लागिपरेका छौँ । खानेपानीको मुहानमै पानीको मात्रा घटेको देखिन्छ । सबै उपभोक्तालाई कसरी पर्याप्त खानेपानी पुर्याउन सकिन्छ, त्यसको पहलमा छु । म अध्यक्ष बनेको एक महिना मात्र पुग्दै छ । म सबै उपभोक्तालाई पानी पुर्याउन प्रतिवद्ध छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण