आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जसपा सिद्धार्थनगरमा गठबन्धन नगर्ने

शुक्रबार, ०२ वैशाख २०७९, १९ : ०१
शुक्रबार, ०२ वैशाख २०७९

जनता समाजवादी पार्टी जसपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने भएको छ । जसपा सिद्धार्थनगर   समितिको शुक्रबार बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।

पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धी नहुने भएकाले गठबन्धन नगर्ने बताए । जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ ।

त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यालयलाई पत्र पठाइएको  छ । रुपन्देहीको सिदार्थनगर नगरमा  २०७४ सालको स्थानीय चुनावमा एमाले जितेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप