जसपा सिद्धार्थनगरमा गठबन्धन नगर्ने
शुक्रबार, ०२ वैशाख २०७९, १९ : ०१
जनता समाजवादी पार्टी जसपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने भएको छ । जसपा सिद्धार्थनगर समितिको शुक्रबार बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।
पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धी नहुने भएकाले गठबन्धन नगर्ने बताए । जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ ।
त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय कार्यालयलाई पत्र पठाइएको छ । रुपन्देहीको सिदार्थनगर नगरमा २०७४ सालको स्थानीय चुनावमा एमाले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण