आ–आफ्नो दाबी गर्दै सकियो मोरङमा गठबन्धनको बैठक
मोरङका स्थानीय निर्वाचनमा तालमेलका लागि छलफलमा बसेका चार दलको बैठक आ–आफ्नो दाबी गर्दै सकिएको छ । बैठकमा काँग्रेसले ११ पालिकामा दाबी गरेको छ भने माओवादीले ६, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले ३ वटा पालिकामा दाबी गरेको छ ।
‘आजको बैठकमा दाबी पेश गर्ने काम भयो,’ माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले भने, ‘भोली फेरि बसेर छलफल गरिनेछ, छलफल सकारात्मक छ ।’ सत्ता गठबन्धनका ५ दलमध्ये मोरङमा राष्ट्रिय जनमोर्चाको अस्तित्व छैन । त्यस बाहेकका दलहरुको गत बुधबार बसेको बैठकमा कांग्रेसले गठबन्धन गर्ने विषयमा सहमति जनाएको थियो । सोही बैठकले पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठीक हुन्छ भन्ने विषयमा सुझाव पेश गर्न कार्यदल गठन गरेको थियो ।
कार्यदलमा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्वास, काँग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, एकीकृत समाजवादीबाट डाक्टर उद्धब पोखरेल र जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव रहेका छन् । कार्यदलले दुई दिनभित्रमा जिल्लाका १७ वटै पालिकाको अवस्थाबारे रिपोर्ट तयार पार्ने र त्यस आधारमा पालिका विभाजनको सुझाव दिने कार्यादेश पाएको थियो । कार्यादेश अनुसार आ–आफ्नो अवस्थाबारे छलफल भएको नेता विश्वासले बताए । स्रोतका अनुसार काँग्रेसले ११ वटा पालिका कुनै पनि अवस्थामा नछोड्ने र आफूले पाउने पालिकामा पनि ४ वटामात्रै उपप्रमुख दिन सकिने बताएको थियो ।
कार्यदलको बैठक स्थलमा काँग्रेस कार्यकर्ताको नाराबाजी
यसैबीच गठबन्धन बन्ने सम्भावना बढेर गएपछि विराटनगर महानगरपालिका ६ का काँग्रेस कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा घेराउ गरेका छन् । भित्र गठबन्धन दलको बैठक चलिरहेको बेला कार्यकर्ताले पार्टी सभापति डिगबहादुर लिम्बूको कार्यकक्ष घेराउ गर्दै गठबन्धन चाहिँदैन भन्ने नाराबाजी गरे । २०७४ सालको स्थानीय तहको चुनावमा विराटनगर ६ मा नेकपा केन्द्रले जितेको थियो । सो वार्डमा पनि एक्लै चुनावमा जानु पर्ने भन्दै काँग्रेस कार्यकर्ताहरूले दबाब सिर्जना गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण