आईएमईको नयाँ वर्ष योजना : भाग्यमानी १ जनाले २ लाख ७ हजार ९०० रुपैयाँ जित्ने
आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राही मैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो योजना १ वैशाख देखि ३१ वैशाखसम्म कायम रहनेछ । आइएमई ग्रुपको काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालयमा एक विशेष कार्यक्रममा आयोजना गरी नयाँ वर्ष योजना सार्वजनिक गरिएको हो ।
कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमई बीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताए । उनले यस्ता योजनाहरू विगतमा जस्तै आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे ।
एक महिनासम्म चल्ने यो योजनामा विदेशबाट आइमईमार्फत पठाइएको रकम नेपालभरका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा विजेता बनिन्छ । यस्तै, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहनेगरी यो योजना अवधिभर जम्मा ६० जना भाग्यशाली विजेताहरूले प्रतिव्यक्ति २ हजार ७९ रुपैयाँ र बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९०० रुपैयाँ जित्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण