शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पाटनमा खुल्यो अर्किड फेसन स्टुडियो

आइतबार, ०४ वैशाख २०७९, १० : ००
आइतबार, ०४ वैशाख २०७९

ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सविता महर्जन र सरिता श्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमा ल्याएका हुन् । उक्त फेसन स्टुडियोको शनिबार चर्चित कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, बरिष्ठ ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवाल र मोडल तथा कोरियोग्राफर विपना थापाले संयुक्त रुपमा उद्घाटन गरे ।

फेसन स्टुडियोको उद्घाटनपछि कोरियोग्राफर प्रशान्तले सहरमानयाँ बुटिक थपिएकामा खुसी व्यक्त गरे । ‘हामी फेसन क्षेत्रका व्यक्तिका लागि खुसीको कुरा हो’ उनले भने, ‘फेसन बजारमा यस्ता बुटिकहरु खोलिनुपर्छ ।’ उनले नेपाली समाज फेसन कन्सस रहेको भन्दै डिजाइनरहरुको भविष्य उज्वल रहेको बताए ।

यस्तै, ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवालले भने फेसन बजारमानयाँ बुटिक थपिएकामा खुसी व्यक्त गर्दै डिजाइनरद्वयलाई बधाई दिए । उनले भने, ‘म पनि सुरुमा फेसन डिजाइनर नै हुँ । त्यसपछि मात्रफोटोग्राफर भएको हुँ ।’ फोटोग्राफी पनि फेसनसँगै जाडिएको पेसा भएको भन्दै उनले भने, ‘हाम्रो लागि यस्ता बुटिकहरु थपिएको राम्रो हो ।’

सविता र सरिताले आईआईएफटीबाट फेसन डिजाइनिङमा डिप्लो कोर्ष पूरा गरेका हुन् । पाटनका स्थानीय सविता र सरिताले ‘अर्किड फेसन स्टुडियोलाई संयुक्तलगानी सञ्चालनमा ल्याएका हुन् ।
फेसन स्टुडियो उद्घाटनपछि उनीहरुले भने, ‘हामीले सँगै आईआईएफटीमा डिजानिङ सिकेका हौँ । अहिले कोर्ष पूरा गरेपछि मिलेरै फेसन स्टुडियो सञ्चालनमा ल्याएका हाँै ।’ 
सविताले आफूहरुले ग्राहकको अर्डरअनुसार पहिरन तयार गर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप