मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दती खाताको ब्याज
आइतबार, ०४ वैशाख २०७९, २२ : ००

मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ क्रमिक बचत खाता” सञ्चालनमा ल्याइएको छ । यो खाता निक्षेपकर्ताहरुलाई लाभदायी रहेको बैंकले जनाएको छ ।
बैंकले यो खातामा बचत खाता तथा मुद्धति खाताको विशेषताहरुलाई समेटिएको जनाएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ देखी १० वर्षसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएका ग्राहकहरुलाई उच्चतम लाभ हुने बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दानीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसुबिसीको ईभी बनाउने योजनामा आईफोन बनाइदिने कम्पनी
-
ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी
-
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान