मुक्तिनाथको क्रमिक बचत खातामा मुद्दती खाताको ब्याज
आइतबार, ०४ वैशाख २०७९, २२ : ००
मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ क्रमिक बचत खाता” सञ्चालनमा ल्याइएको छ । यो खाता निक्षेपकर्ताहरुलाई लाभदायी रहेको बैंकले जनाएको छ ।
बैंकले यो खातामा बचत खाता तथा मुद्धति खाताको विशेषताहरुलाई समेटिएको जनाएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एक निश्चित रकम, न्यूनत्तम १ देखी १० वर्षसम्मको लागि जम्मा गरेको अवस्थामा १ वर्षेको व्यक्तिगत मुद्दती खातामा पाइने बराबरको नै ब्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
साथै त्रैमासिक रुपमा प्राप्त ब्याज पुन सोही खातामा नै जम्मा हुने र सोमा समेत मुद्दतीकै ब्याज प्रदान गर्ने भएका ग्राहकहरुलाई उच्चतम लाभ हुने बैंकले जनाएको छ । यस खाताबाट नियमित रुपमा आर्जन गरेको आम्दानीको केही अंश खर्च नगरी बचत गर्न चाहाने ग्राहकहरुलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण