मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा १ हजार ६३ मतदानस्थल अति संवेदनशील

मङ्गलबार, ०६ वैशाख २०७९, १७ : ४०
मङ्गलबार, ०६ वैशाख २०७९

मधेस प्रदेशमा १ हजार ६३ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । यस्तै सो प्रदेशमा ८ सय ८८ संवेदनशील र २ सय १२ वटा मतदान केन्द्र सामान्य रहेका जनाइएको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरिएको छ । आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदानस्थल छन् । विगतको निर्वाचनको घटना क्रमका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको आयोगले जनाएको छ ।

विगतको निर्वाचनमा मतदान बिथोलिएका, झडप भएका मतदानस्थललाई अति संवेदनशीलको रुपमा सुरक्षानिकायले लिएको छ । मधेश प्रदेशका प्रहरी महानायब निरीक्षक उमेश रञ्जितकारले विगतमा भन्दा अहिले सुरक्षा चुनौती सामान्य रहेको बताए । उनले विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, साना-साना समूहहरु मूलप्रवाहको राजनीतिमा आएकाले सुरक्षा चुनौति पनि सामान्य रहेको बताए ।  

संवेदनशिल र सामान्य मतदानस्थल
सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशिल मानिएको छ । यस्तै सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदान स्थललाई संवेदनशिल मानिएको छ । सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदान स्थल सामान्य मानिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप