मधेस प्रदेशमा १ हजार ६३ मतदानस्थल अति संवेदनशील
मधेस प्रदेशमा १ हजार ६३ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । यस्तै सो प्रदेशमा ८ सय ८८ संवेदनशील र २ सय १२ वटा मतदान केन्द्र सामान्य रहेका जनाइएको हो ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरिएको छ । आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ‘अति संवेदनशील’ मतदानस्थल छन् । विगतको निर्वाचनको घटना क्रमका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको आयोगले जनाएको छ ।
विगतको निर्वाचनमा मतदान बिथोलिएका, झडप भएका मतदानस्थललाई अति संवेदनशीलको रुपमा सुरक्षानिकायले लिएको छ । मधेश प्रदेशका प्रहरी महानायब निरीक्षक उमेश रञ्जितकारले विगतमा भन्दा अहिले सुरक्षा चुनौती सामान्य रहेको बताए । उनले विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, साना-साना समूहहरु मूलप्रवाहको राजनीतिमा आएकाले सुरक्षा चुनौति पनि सामान्य रहेको बताए ।
संवेदनशिल र सामान्य मतदानस्थल
सप्तरीमा २०८, सिरहामा १७०, धनुषामा १८३, महोत्तरीमा ११०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशिल मानिएको छ । यस्तै सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदान स्थललाई संवेदनशिल मानिएको छ । सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदान स्थल सामान्य मानिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण