रुकुम पश्चिम काँग्रेसले गर्यो विद्यालयका प्रधानाध्यापक गाउँपालिका अध्यक्षमा सिफारिस

नेपाली काँग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधानाध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ । काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।
खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए । उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको काँग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।
काँग्रेसले बाँफीकोट गाउँपालिका अध्यक्षमा जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ । यसअघिको निर्वाचनमा काँग्रेसले रुकुम पश्चिमबाट कुनै पनि पालिका जितेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली