गठबन्धनमा नगरपालिका र गाउँपालिकाको उम्मेदवार भोलि बेलुकासम्म टुंगो लाग्ने
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलको विषय भोलि बेलुकासम्म टुंगो लगाउने दाबी गरेका छन् । सत्ता गठबन्धनमा देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकाको चुनावी तालमेलबारे सहमति भइसकेकाले अब नगरपालिका र गाउँपालिकामा पनि त्यसैगरी टुंगो लाग्ने बताएका हुन् ।
‘हामीले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेलमा सहमति गर्यौँ, भोलि बेलुकासम्म नगरपालिका र गाउँपालिकाको पनि चुनावी तालमेलको विषयमा टुंग्याउछौँ’, उनले रातोपाटीसँग भने, ‘ त्यसका लागि पार्टीको तर्फबाट पनि त्यसैअनुसार लाग्छौँ ।’
उनले स्थानीय तहमा तालमेलको विषय मिलाउन केन्द्रीय कार्यदलले सहजीकरण, समन्वय र अनुगमन गर्ने पनि बताए । ‘प्रदेश कमिटी संयन्त्रले नगर र गाउँपालिका टुंगो लगाउने छ। वडाको जिल्ला समन्वय समितिले गर्ने छ’, उनले भने, ‘निर्वाचनको मिति नजिकिइसकेकाले केन्द्रको समन्वयमा नगरपालिका र गाउँपालिकाका उम्मेदवार प्रदेश कमिटीले भोलि बेलुकासम्म टुंगो लगाउँछ ।’
यस्तै पुनले आ–आफ्नो दलबाट नगरपालिका र गाउँपालिका उम्मेदवार सिफारिस भएपनि समस्या नहुने जिकिर गरे। ‘सबै पार्टीहरुले आ–आफ्नो तयारी अनुरुप उम्मेदवार सिफारिस गर्ने नै भए। तालमेल हुने भएमा जसको जहाँ भागवण्डा पर्छ त्यहाँको उम्मेदवार अघि बढ्ने हुन्छ । अरु पछाडि हट्ने स्थिति हुन्छ’, उनले भने, ‘सिफारिस गर्दैमा समस्या हुँदैन ।’
पाँच दलभित्र एकले अर्कालाई भोट हाल्ने विश्वासको वातावरण हुने भएकाले सबै ढुक्क रहन पनि पुनले आग्रह गरे । ‘हामीले जहाँ जहाँ नगरपालिका र गाउँपालिकामा चुनावी तालमेल हुने वातावरण बन्छ, त्यहाँ तालमेल गर्छौ। तालमेल नहुने स्थानीय तहमा गठबन्धनभित्रै प्रतिस्पर्धा हुन्छ’, पुनले भने, ‘यदि गठबन्धनभित्र तालमेल नभएमा एमालेसँग भने तालमेल नगर्ने अण्डरस्ट्यान्डिङ बनाएका छौ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
