बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

बिहीबार, ०८ वैशाख २०७९, १५ : २२
बिहीबार, ०८ वैशाख २०७९

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरे छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप