स्थानीय तहका उम्मेदवारको समानुपातिक सूचीमा नाम भए वैशाख १० भित्र हटाउन सकिने
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुमध्ये कसैको प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा नाम भए वैशाख १० गतेभित्र हटाउन सक्ने भएका छन् । आयोगले व्यक्तिले नभइ दलको तर्फबाट त्यस्तो नाम लेखि पठाउनुपर्ने बताएको छ ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन वा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूचीमा नाम कायम रहेको व्यक्ति संवत् २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहेमा त्यस्तो बन्द सूचीमा मनोनयन गर्ने राजनीतिक दलले निर्णय गरी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार मनोनयन गर्न तोकिएको मितिको अघिल्लो दिन अर्थात संवत् २०७९ साल बैशाख १० गते भित्रमा प्रक्रिया पु¥याई आयोगमा लेखी पठाएमा उम्मेदवारको बन्द सूचीबाट त्यस्तो व्यक्तिको नाम हटाउन आयोग तत्पर रहेको र सो बाहेक अन्य दलको पत्र वा सम्बन्धित उम्मेदवारको निवेदनको आधारमा त्यस्तो बन्द सूचीबाट नाम हटाउन आयोग असमर्थ हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण