शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

६५ हजार पाकिस्तानी भिडियो टिकटकले हटाइयो

शुक्रबार, ०९ वैशाख २०७९, २० : ५३
शुक्रबार, ०९ वैशाख २०७९

पाकिस्तानीले बनाएको ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ । छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पु¥याउने भिडियोहरू हटाएको जनाइएको छ । 

टिकटककै सामाजिक निर्देशिका अनुसार पनि ती भिडियोहरू राखिरहनु उपयुक्त नहुने ठानेर हटाइएको हो । अति धेरै भिडियोहरू एकै चरणमा हटाइएका देशहरूमध्ये पाकिस्तान तेस्रो धेरै भएको समाचारमा जनाइएको छ । 

हालै सार्वजनिक भएको सामाजिक निर्देशिका उलङ्घनसम्बन्धी प्रतिवेदनका अनुसार पाकिस्तानीले बनाएको ६५ लाख ६३ हजार ५९४ ओटा भिडियो हटाइएको हो । सोही अवधिमा कूल आठ करोड ५७ लाख ९४ हजार २२२ ओटा भिडियो हटाइएको छ । सामाजिक सञ्जालको रूपमा टिकटक पछिल्लो समय दिनप्रति दिन लोकप्रिय हुँदै गइरहेको छ । सोही अनुपातमा विकृति र विसङगति पनि बढिरहेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप