आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विवेकशील साझाबाट लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दीपक

शनिबार, १० वैशाख २०७९, ०७ : २९
शनिबार, १० वैशाख २०७९

विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दीपक प्रसाद उप्रेतीलाई अगाडी सारेको छ। लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा दीपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य छन्।

२०५९ सालमा बुद्धोदय उच्च माध्यमिक विद्यालय लिसंखुबाट एस. एल. सी. उत्तीर्ण गरेका ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गरेका छन्। उप्रेतीले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्ष भन्दा लामो कार्य अनुभव हासिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप