रौतहटमा चट्याङ लागेर एकजना युवकको मृत्यु
शनिबार, १० वैशाख २०७९, १० : ३०
रौतहटको उत्तर पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकामा चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ ।
नगरपालिकाको वडा ११ का स्थानीय २५ वर्षका प्रदीप चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हो । इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र धमलाका अनुसार गएराती चौधरी केही साथीहरूको साथमा बजारबाट घरतर्फ गइरहेको बेला हावाहुरीसँगै चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको उपचारको क्रममा निजगढस्थित अस्पतालमा राति नै मृत्यु भएको इन्स्पेक्टर धमलाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
-
विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
-
आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन
-
कीर्तिपुर बस दुर्घटनामा थप ८ जना घाइते
-
सिधा कुरा प्रकरणकाे मुद्दा ‘हेर्दाहर्दै’मा
-
काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा