रौतहटमा चट्याङ लागेर एकजना युवकको मृत्यु
शनिबार, १० वैशाख २०७९, १० : ३०
रौतहटको उत्तर पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकामा चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ ।
नगरपालिकाको वडा ११ का स्थानीय २५ वर्षका प्रदीप चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हो । इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र धमलाका अनुसार गएराती चौधरी केही साथीहरूको साथमा बजारबाट घरतर्फ गइरहेको बेला हावाहुरीसँगै चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको उपचारको क्रममा निजगढस्थित अस्पतालमा राति नै मृत्यु भएको इन्स्पेक्टर धमलाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण