सौगात र दियाको सुटिङ अनुभव : छायाङ्कनको अन्तिमतिर आइपुग्दा रासन नै सकिएछ
वैशाख १६ गतेबाट प्रदर्शनको तयारीमा छ चलचित्र ‘मन्त्र’ । प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेटसम्म प्राप्त गरिसकेको चलचित्र कस्तो छ त ! धेरैलाई चासो छ । खिलबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रले हिमाली भेगको कथा, त्यहाँको समाजको कथा अनि प्रेमको कथा बोल्ने निर्माण टिमको दाबी छ ।
नेपाली चलचित्र बजारमा मौलिक कथा र प्रस्तुतिको बहस चल्दै गर्दा त्यसैको वरिपरि रहेर चलचित्र तयार भएको निर्माण पक्षको दाबी छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपास अर्थात् जिल्लाको चुमनुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुङ्गिन गुम्बा लगायतका रमणीय दृश्यहरू समावेश गरिएको चलचित्रमा भर्साइटल अभिनेता सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा छन् भने साथमा छन् हास्य कलाकार बुद्धिबहादुर तामाङ ।
नेपालमा कोरोना भाइरसको प्रभाव सुरु हुनु अगावै निर्माण गरिएको चलचित्र हो ‘मन्त्र’ । वातावरणीय हिसाबमा निकै चिसो स्थानमा खिचिएको चलचित्रमा अभिनय गर्न निकै कठिन भएको अनुभव साट्छन् चलचित्रका कलाकार सौगात र दिया । अझ सामा गाउँको रहनसहन, लवज र संस्कारसहितको कथामाथि काम गर्न झनै कठिन भएको उनीहरूको अनुभव छ। भौगोलिक विकटताका कारण चलचित्र छायाङ्कनको अन्तिमतिर पुग्दा रासनको अभाव, चलचित्रका लागि आवश्यक घोडसवारको कठिन अभ्यास अनि हिमाली भेगमा लागाइने बाक्लो पहिरन र लवजसँगको दोस्तीयारीका किस्सा पनि उनीहरूसँग उतिकै छन् । दिया भन्छन्, ‘त्यहाँको भाषा संस्कृति अनि लवजका विषयमा निकै अध्ययन गरेँ, धेरै आम सर्वसाधारणसँगको हिमचिममा रहेर सिक्ने प्रयास गरेँ तर, डबिङको समयमा त निकै कठिन नै भयो।’
विशेष गरेर प्रेम प्रसङ्गमा छोपेर बिहे गर्ने परम्परागत विषयलाई पनि चलचित्र प्राथमिकताका साथ प्रस्तुत गरेको छ । जुन विषय आम नेपाली दर्शकका लागि निकै रोचक हुने र नेपाली संस्कृति र परम्परासँग पनि जोडिने उनीको दाबी छ । यिनै सन्दर्भमा चलचित्र मन्त्रको कथावस्तु, पात्र, परिवेश अनि छायाङ्कन अनुभवलगायत विषयमा कलकारद्वय सौगात मल्ल र दिया पुनसँग रातोपाटीका लागि गरिएको सिनेमा संवाद :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण