कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा
कोलकाता नाइड राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा सोमबार भएको खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनायो ।
कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै रिन्कु सिंहले ३५ रन जोड्दा भेन्कटेस ऐयरले १७ रनको योगदान गरे । बलिङतर्फ माहम्द श्वामी, यस दयाल र रासिद खानले दुई–दुई विकेट लिए । त्यस्तै अल्जारी जोसेफ र लकी फग्यूसनले एक–एक विकेट लिए । आजको दुई विकेटसँगै राशिदले आईपीएलमा १०० विकेट पूरा गरेका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले कप्तान हार्दिक पाण्ड्याको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनाएको थियो । ४९ बल खेलेका पाड्याले ४ चौका र २ प्रहार गर्दै ६७ रन बनाए । त्यस्तै डेभिड मिलरले २७ रन बनाउँदा रिद्धमान शाहले २५ रनको योगदान गरे ।
बलिङतर्फ कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै टिम साउथीले तीन विकेट लिँदा उमेश यादव र शिभम् मावीले एक–एक विकेट लिए । जितसँगै गुजरातले ७ खेलबाट १२ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा स्थापित गरेको छ । पराजित कोलकाता ८ खेलबाट ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाका कारण सम्भावित जोखिम : बिपी राजमार्गमा तत्कालका लागि सवारी साधन ‘होल्ड’
-
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण