हाइड्रोपावर चम्किँदा नेप्सेमा उछाल, एकैदिन ९५ अंकले वृद्धि
सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च अंकको वृद्धि भएको छ । पछिल्लो समय निरन्तर ओरालो यात्रामा रहेको नेप्सेमा आइतबार एकैदिन ९५ अंकमाथिको सुधार आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम ९५.४६ अंकले बढ्दै २४ सय २०.९१ अंकमा उक्लिएको हो । यो गत हप्ताको सूचकको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो ।
उसो त यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १७.७४ अंकले बढ्दै ४६०.८८ अंकमा उक्लिएको छ । अधिकतम ९५ अंकमाथिले बढेको यस दिन अधिकांश कम्पनीका सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् ।
नेप्सेका अनुसार १० वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, दुई दर्जन माथिका कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।
आज १३ वटा उपसूचकहरु मध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको ७.३२ अंकले बढेको छ भने सबैभन्दा कम ट्रेडिङ समूहको १.०५ प्रतिशतले मात्र बढेको छ ।
उच्चदरले नेप्से बजार बढेको यस दिन कारोबार रकममा समेत वृद्धि हुँदै २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण