माओवादीले रोल्पाका १० स्थानीय तहमा उम्मेदवार टुंगो लगायो, गठबन्धन भएन
नेकपा माओवादी केन्द्रले एकल रुपमा रोल्पाका १० स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। सत्ता गठबन्धनभित्रै चुनावी तालमेलमा भागबण्डा नमिलेपछि माओवादीले एकल रुपमा उम्मेदवारी घोषणा गरेको हो। माओवादीले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने रोल्पा जिल्ला इन्चार्ज दीपेन्द्र पुनले बताए।
रोल्पा नगरपालिकाको मेयरमा सुरेन्द्र थापा घर्ती र उपमेयरमा गीता आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै सुनिलस्मृति गाउँपालिकाको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापा तथा लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भरत थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। लुङग्री गाउँपालिका उपाध्यक्षको भने टुंगो लागेको छैन।
सुनछहरीको अध्यक्षमा धनबहादुर पुन र उपाध्यक्षमा नैनकला घर्ती, थबाङको अध्यक्षमा ऋषिकेशव बुढामगर र उपाध्यक्ष सर्मिला बुढा, परिवर्तनको अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्री, माडीको अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्ती तथा गंगादेवको अध्यक्षमा वीरबहादुर खत्रीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
गंगादेव गाउँपालिका उपाध्यक्ष भने कसलाई बनाउने माओवादीले टुंगो लगाएको छैन । यस्तै त्रिवेणीको अध्यक्षमा रेशम पुन र उपाध्यक्षमा भागीसरा खत्री तथा रुण्टीगढीको अध्यक्षमा गोविन्द पुन र उपाध्यक्षमा कौशिला जिसीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। यसअघि माओवादीले रोल्पाका एक नगरपालिका सहित ७ स्थानीय जितेको थियो। यस्तै एमालेले दुई र काँग्रेसले एक स्थानीय तह जितेको थियो। रोल्पामा कुल १० स्थानीय तह छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण