कर्णालीका आठ जिल्लामा गठबन्धनबीच भागवण्डा : कुन दललाई कति ?(सूचीसहित)
कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागवण्डा टुंगो लगाएको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले आइतबारसम्म आठ जिल्लामा बाँडफाँटको टुंगो लगाएको हो ।
सुर्खेत र रुकुम (पश्चिम)को भागबण्डा भने टुंग्याउन बाँकी छ । त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ । सत्ता गठबन्धनले टुंगो लगाएको आठ जिल्लाको विवरण अनुसार माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, काँग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ । डोल्पामा माओवादी केन्द्रले ३ प्रमुख २ उपप्रमुख, काँग्रेसले १ प्रमुख ३ उपप्रमुख र समाजवादीले ४ प्रमुख ३ उपप्रमुख पाएको छ ।
जाजरकोटमा माओवादी केन्द्र र काँग्रेसले प्रमुख/उपप्रमुखमा ३/३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख पाएको छ । दैलेखमा सबैभन्दा धेरै काँग्रेसले पाएको छ । काँग्रेसले प्रमुखमा ६ र उपप्रमुखमा ५ पाएको छ । यस्तै माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख पाएको छ भने समाजवादीले ३ प्रमुख र दुई उपप्रमुख पाएको छ। मुगुमा माओवादी केन्द्रले प्रमुख/उपप्रमुख १/१ र काँग्रेसले २/२ पाएको छ । एकीकृत समाजवादीले पनि १/१ पाएको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादी केन्द्रले ५ वटा प्रमुख पाउँदा काँग्रेसले भने ३ वटामा चित्त बुझाएको छ भने समाजवादीले ३ वटा उपप्रमुख पाएको छ । उपप्रमुख भने माओवादी केन्द्र र काँग्रेसले २/२ वटा पाएका छन् ।
एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा काँग्रेस/माओवादी केन्द्रले ४/४ प्रमुख पाउँदा समाजवादीले दुई प्रमुख र दुई उपप्रमुखमा चित्त बुझाएको छ । माओवादी केन्द्रले उपप्रमुखमा ५ वटा पाउँदा काँग्रेसले ३ वटा पाएको छ । जुम्लामा काँग्रेसले चारवटा प्रमुख पाउँदा माओवादी केन्द्रले तीन वटा प्रमुख पाएको छ । माओवादी केन्द्रले पाँच वटा उपप्रमुख पाएको छ भने काँग्रेसले दुईवटामा चित्त बुझाएको छ । अन्त भन्दा केही जनमत भएको समाजवादी केन्द्रले जुम्लामा पनि १/१ मा चित्त बुझाएको छ । माओवादी केन्द्रको बलियो इलाका रहेको कालिकोटमा प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ । प्रमुख ५ लिँदा उपप्रमुख ४ लिएको माओवादी केन्द्रले काँग्रेसलाई २/३ दिएको छ । एकीकृत समाजवादीले दुई प्रमुख पाएको छ भने दुई नै उपप्रमुख पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण