बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन अपडेट : देशभर ८२ हजार २ सय १० उम्मेदवारको उम्मेदवारी दर्ता

सोमबार, १२ वैशाख २०७९, १० : ००
सोमबार, १२ वैशाख २०७९

स्थानीय तहको निर्वाचनका लागि पछिल्लो विवरणअनुसार देशभर ८२ हजार २१० ले उम्मेदवारी दर्ता गराएका छन ।  निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० मनोनयन दर्ता गराएका हुन् । 

यसमध्ये नगर प्रमुखमा २ हजार २ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी अध्यक्षमा २ हजार  ४ सय ९७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । 

वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, दलित महिला सदस्यमा १३ हजार ५ सय ५४ सदस्यमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप