डिशहोमका २ ग्राहकले जिते एक–एक लाख रुपैयाँ
डिशहोमका दुई ग्राहकले जनही १ लाख रुपैयाँ जितेका छन् । बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३ भएका ग्राहकहरुले एक–एक लाख रुपैयाँ जित्न सफल भएका हुन् ।
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन् । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने डिशहोमले जनाएको छ ।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफूले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ । लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण