भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
मङ्गलबार, १३ वैशाख २०७९, १३ : ५४
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ स्थित चारदोबाटो चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । गएराति साढे १२ बजे गठ्ठाघरबाट नयाँथिमि तर्फ जाँदै गरेको बा. प्र.०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आएको बा ४ ख ८५८१ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर स्कुटर चालक काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । स्कुटर पछाडि सवार म्याग्दीको बेनी नगरपालिका–४ घर भएका ३३ वर्षीय बिमल श्रेष्ठ घाइते छन् ।
रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका टिप्पर चालक ३६ वर्षीय तुल बहादुर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण