काँग्रेस नेता तिम्सिनाले गरे पार्टी परित्याग
नेपाली काँग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गरेका छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
बुधबार पत्रकार सम्मेलनमार्फत उनले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिए । २०५९ सालदेखि काँग्रेसमा क्रियाशील तिम्सिना २०६२(०६३ मा तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए । उनी काँग्रेस नेता मनोज तिम्सिनाका भाइ हुन् ।
केपिलासगढी गाउँपालिका अध्यक्षका आकांक्षी मनोजले टिकट नपाएपछि भाइ मुक्तिनाथले जिम्मेवारी छाडेको अनुमान गरिएको छ । पार्टीका उम्मेदवारले ‘हार्दा पनि जित्दा पनि’ दोष बोक्नुपर्ने अवस्था आएकाले जिम्मेवारी छाडेको बताए ।
तिम्सिनाले निर्माण गरेको माथिल्लो रावा खोला हाइड्रोपावर सञ्चालनमा आइसकेको छ । यसबाहेक बाख्रापालन, कालिज पालन, लोकल माछा पालनलगायतका कृषि कर्ममा लाग्ने गरी पार्टीको जिम्मेवारी छाडेर स्वतन्त्र नागरिकको रूपमा काम गर्ने तिम्सिनाले बताए । चुनावका बेला काँग्रेसका पूर्वकोषाध्यक्ष जीवन राई र पूर्वजिल्ला सदस्य भुवन श्रेष्ठले पनि पार्टी परित्याग गरेका छन् । राईलाई एमालेले बराहपोखरी गाउँपालिका उपाध्यक्षमा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’