३० लाख भन्दा बढीले लगाए बुस्टर डोज खोप
बुधबार, १४ वैशाख २०७९, १७ : ५४
नेपालमा ३० लाख भन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ३० लाख ४९ हजार ३५९ जनाले बुस्टर डोज लगाएका हुन् । नेपालको कुल जनसङ्ख्याको ६६.९ प्रतिशतले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ७१.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
१२ देखि १८ वर्षसम्मका दुई करोड ३३ लाख २७ हजार ६१९ मध्ये ८३.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । मन्त्रालयकाअनुसार कम्तीमा एक मात्रा खोप लगाउनेको दर ९५.२ प्रतिशत रहेको छ । नेपालमा खोप अभियान सुरु भएदेखि ४ करोड १४ लाख ५६ हजार ८१२ मात्रा खोप लगाइएको छ । त्यस्तै, मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप लगाएको तीन महिना पुगेकाहरूलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण