शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा वर्षा र हिमपात

बुधबार, १४ वैशाख २०७९, २१ : २३
बुधबार, १४ वैशाख २०७९

चीनको संघीय राजधानी बेइजिङमा वर्षा र हिमपात भएको छ । वर्षा र हिमपातका कारण तापक्रम पनि घटेर १३ डिग्री सेल्सियसमा झरेको अधिकारीहरूले जानकारी दिएका हुन् । 

हिमपात विषेश गरेर पहाडी क्षेत्रमा धेरै परेको छ । राजधानीको उत्तरी क्षेत्रबाट चियो वायु चलेको पनि मौसम विज्ञान विभागका अधिकारीहरूले जनाएका छन् । बुधबार राती पनि वर्षा हुने र बिहीबार र शुक्रबारदेखि तापक्रम विस्तारै फेरि बढ्दै जाने उनीहरूले अनुमान गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप